+
+
Shares

जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १४:०८

२२ जेठ, जनकपुरधाम । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको छ ।

शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।

‘हामीले नियन्त्रणमा लिएको ठाउँ आसपासमै ती सवारी साधनलाई होल्ड गरेर राखेका छौं’ उनले भने, ‘कार्यालय खुल्ने दिन मात्रै सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?