+
+

१० दिनअघि नै सुरु भयो मनुसन, प्रदेश १ बाट प्रवेश गर्‍यो मनसुन प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १५:२३

२२ जेठ, काठमाडौं ।  नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ ।

नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?