+
+

अमेरिकाको एउटा सहर जहाँ विद्युतीय उपकरण चलाउन प्रतिबन्ध छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १६:०२

२२ जेठ, काठमाडौं । अहिलेको डिजिटल युगमा सायद यस्तो सहरको त परिकल्पना पनि गर्न सकिँदैन जहाँ स्मार्टफोन तथा टेलिभिजन नै चलाउन पाइँदैन । तर संसारकै विकसित देश अमेरिकामै एउटा यस्तो सहर छ जहाँ टेलिभिजन हेर्न, रेडियो सुन्न तथा स्मार्टफोन चलाउन नपाइने मात्र होइन टिभी रिमोटको खेलौना समेत चलाउन बन्देज लगाइएको छ ।

यो सहरमा यस्ता सूचना प्रविधिका सामानहरुको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको छ । यदि कसैले अटेरी गरेर टिभी हेरेको वा मोबाइल चलाएको जस्ता काम गरेको पाइएमा पक्राउ गरिन्छ र उसले जेलको हावा खानु पर्दछ ।

अमेरिकाको पश्चिम भर्जिनियास्थित पोकाहन्ट्समा रहेको ग्रिन बैंक सहर सायद संसारको यस्तो सहर हो जहाँ पूर्ण लोकतन्त्र र स्वतन्त्रताका बाबजुत पनि मानिसहरुलाई ग्याजेट चलाउन प्रतिबन्ध गरिएको छ ।

यो सहरको जनसंख्या निकै कम छ र केवल डेढ सयजना मानिस मात्र बसोबास गर्दछन् । सहरमा कुनैपनि मानिससँग मोबाइल फोन छैन भने कुनैपनि घरमा टेलिभिजन तथा रेडियो पनि राखिएको छैन । यहाँ आइप्याड, वायरलेस हेडफोन, रिमोट कन्ट्रोल खेलौना तथा माइक्रोवेव पनि प्रतिबन्धित छन् ।

यो सहरमा इलेक्ट्रोनिक्स सामान राख्नमै प्रतिबन्ध लगाइएको छ । यसको खास कारण छ । किनकी यहाँ विश्वकै ठूलो स्टेरेबल टेलिस्कोप अवस्थित छ । यसलाई ग्रीन बैंक टेलिस्कोप पनि भनिन्छ । यो टेलिस्कोप निकै ठूलो छ । यो टेलिस्कोपको डिश एउटा फूटबल मैदान जत्रै छ । यो ४ सय ८५ फिट लामो र ७ हजार ६ सय मेट्रिक टन तौलको छ ।

यो क्षेत्रमा टेलिस्कोप राखिएको ठाउँ अमेरिकाको राष्ट्रिय रेडियो खगोल विज्ञानको वेधशाला पनि हो । यसको स्थापना सन् १९५८ मा भएको हो । यहाँ वैज्ञानिकहरुले अन्तरीक्षबाट पृथ्वीमा आउने तरंगहरुको अध्ययन गर्दछन् ।

टिभी, मोबाइल लगायतका विद्युतीय उपकरणबाट निस्कने तरंगले अन्तरीक्षबाट आउने तरंगहरुलाइ प्रभाव पार्ने र वैज्ञानिकहरुले ती तरंगलाई सटीकताका साथ पहिचान गर्नमा बाधा उत्पन्न हुने हुनाले उक्त सहरमा अन्य विद्युतीय उपकरणको प्रयोगमा रोक लगाइएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?