+
+

नेपाल र भारत दुवै देशको सरकारी नीतिले तेल उत्पादक मारमा : अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १६:५०

२२ जेठ, काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले नेपालको बजेट र भारत सरकारको नीतिले नेपालका तेल उत्पादक मारमा परेको बताएका छन् ।

आइतबार बजेटबारे संघको घारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अग्रवालले सरकारको नीतिले निकासी बन्द हुने अवस्था आउने बताए ।

नेपालमा अनाधिकृत तेल भित्रने भन्दै उनले भन्सार कर शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत कटौती गर्न माग गरे । बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आरोप छ ।

संघले सरकारको नीतिले स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने निष्कर्ष निकाल्दै शीघ्र समाधान खोज्न सरकारसँग माग गरेको छ ।

सरकारले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?