+
+

चोरी आरोपीले दिए प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की

पर्साको सखुवाटी निरा प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १८:५६

२२ जेठ, काठमाडौं । पर्साको सखुवाटी प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।

चोरी गरेको ल्यापटप भारतीय नाका भिस्वामा बिक्री गर्दै गरेको अवस्थामा ठोरी गाउँपालिका–५ का बिट्टु यादव पक्राउ परेका छन् । शनिबार राति विद्यालयको एक थान ल्यापटप, एक थान प्रोजेक्टर चोरी गरेको आरोप उनलाई थियो । उनलाई आशंका गरी फोन गर्दा समान आफूले लगेको र आफ्नो आमालाई नपक्रन धम्की दिएको विद्यालयका प्रधानाध्यापक अमित श्रेष्ठले बताए ।

प्रधानाध्यापक श्रेष्ठले भने, ‘मैले उनलाई फोन गर्दा सामान मैले लगेको छु । मेरो आमालाई नपक्रिनु । यदि पक्रिनु भयो भने चार दिनभित्र शरीर र टाउको छुट्टाछुट्टै पारिदिन्छु भनेर धम्क्याएका थिए । असई सरलाई पनि त्यही धम्की दिएको रहेछ ।’

उनी लगायत अन्य चार जना युवा पनि चोरीमा संलग्न भएको आशंकामा पक्राउ परेका छन् । चोरी भएको प्रोजेक्टर भने नभेटिएको प्रधानाध्यापक श्रेष्ठले बताए । विद्यालयको पानी तान्ने मोटर र धाराहरु तोडफोड भएको छ ।

त्यस्तै पर्साकै अर्को श्री माध्यमिक विद्यालयमा पनि तोडफोड भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण लामाले ६ वटा कोठाको ताला फुटाएर भित्र रहेको सामान फुटाएको, च्यातिएको पाइएको बताए ।

प्रधानाध्यापक लामाका अनुसार विज्ञान प्रयोगशालाको समानहरु फुटाएको, कुर्सीहरु भाँचेको र कागजातहरु च्यातेर फालेको पाइएको छ । प्रधानाध्यापक लामाले भने, ‘यो बदमास केटाहरुले गरेको बदमासी जस्तो देखिन्छ । केही पनि सामान हराएको छैन । फुटाउने, च्यात्ने र भाँच्ने गरिएको छ ।’ प्रहरीले तोडफोडमा संलग्न व्यक्तिको खोजबिन सुरु गरेको छ ।

विद्यालयमा अहिले कक्षा १२ को परीक्षा पनि सञ्चालन भइरहेको छ । परीक्षामा १६४ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेको प्रधानाध्यापक लामाले जानकारी दिए । कक्षा १२ को परीक्षाको कारण पठनपाठन भने बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?