+
+
Shares

डोल्पाको जगदुल्लामा सातदिने उद्यमशीलता तालिम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:४१

२२ जेठ, डोल्पा । कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय युवा परिषदद्वारा आयोजित सातदिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम शुरु भएको छ । आइतबार जगदुल्ला गाउँपालिकाको सभाहलमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले कार्यक्रमको उदघाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले सहुलियतपूर्ण कर्जा सहजीकरण, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले युवाहरुलाई स्वरोजगार बन्ने बाटो देखाउने बताए । हरेक वर्ष ४ लाख ५० हजार युवा नेपाली श्रम वजारमा निस्कने जिकिर गर्दै बस्नेतले भने, ‘नेपाली युवाहरु स्वरोजगार बन्नुको विकल्पै छैन ।’

गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले तालिम कार्यक्रमले जगदुल्लाका युवाहरूलाई उद्यमी बन्न निकै ठूलो प्रेरणा र उत्साह मिल्ने बताए । तालिमका लागि जगदुल्ला जस्तो विकट ठाउँ छनौट गरेकोमा रोकायाले परिषदलाई धन्यवाद पनि दिए।

जगदुल्लाका ६ वटा वडाहरुबाट छनौट भएका ६० जना युवा प्रशिक्षार्थीलाई ३०/३० जनाको दुईवटा समू बनाई ४ जना प्रशिक्षकले तालिम दिनेछन् । तालिम दिने प्रशिक्षकमा ऋतुवर्ण सिल्वाल, जयदुर्गा बुढाथोकी, डिल्लेश्वर प्रधान र नारायणकाजी काशीछवा रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?