+
+

बेलायती प्रधानमन्त्रीको विश्वासको मतमा आज मतदान हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:४३

२३ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसदमा विश्वासको मत लिने भएका छन् । बेलायती समयानुसार बेलुका ६ बजे संसदमा मतदान हुन लागेको हो ।

उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका ५४ सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि जोन्सनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

विश्वासको मत हासिल गर्न असफल भए जोन्सनले पद गुमाउनेछन् । उनलाई प्रधानमन्त्री पदबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० जना सांसदमध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ ।

तर, मन्त्रिपरिषद्का २२ जना सांसदमध्ये १६ जना जोन्सनको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।

कोरोनाको लकडाउनको बेला प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भोज गरेको भन्ने विवरण सार्वजनिक भएपछि उत्पन्न तनावका बीच मतदान हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?