+
+

एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:५४

२३ जेठ, काठमाडौं । नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २:३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण  अवरुद्ध भएको हो ।

नेपाल टेलिभिजनलाई स्याटेलाइट सेवा उपलब्ध गराउँदै आएको थाइकम पीसीएलले करिब आधा घण्टा प्रशारण अवरुद्ध पारेको हो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले स्याटेलाइट सेवा प्रदायकले पूरा पैसा नपाएको भन्दै प्रशारण अवरुद्ध गरेको बताए ।

उनका अनुसार नेपाल टेलिभिजनले मासिक २ हजार अमेरिकी डलरका दरले ६ महिनाको स्याटेलाइट शुल्कवापतको रकम पठाएको थियो । तर त्यसमा नेपालको कर कानुन अनुसार कट्टी गर्नुपर्ने करवापतको रकम काटेर पठाउँदा थाइकम पीसीएलले नमानेर सेवा अवरुद्ध गरेको उनको भनाइ छ ।

‘हामीले कानुन अनुसार टीडीएस काटेर पठायौं, तर उनीहरुले पूरा पैसा चाहिन्छ भनिरहेका थिए’, उनले भने, ‘अहिले सेवा सञ्चालन भइसकेको छ । हामी उनीहरुसँग छलफलमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?