+
+

भरतपुरमा ग्लोबल आईएमई बैंकको भवन शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १८:४७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।

भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।

बैंकले चितवनकै सौराहामा तीन दिने प्रबन्धकहरुको भेला आयोजना गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ आयोजित भेलामा ५०० जनाको सहभागिता रहेको थियो ।

बैंकले डिजिटल बैंकिङसम्बन्धी सचेतनामुलक र्‍यालीको पनि आयोजना गरेको छ । उक्त सचेतना र्‍याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, शहीदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?