+
+

बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १०:५६

२४ जेठ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।

मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।

यसैबीच गृह मन्त्रालयले बर्दियाको घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?