+
+

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा सुदेश पराजुली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १६:२६

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन भएको हो ।

पराजुली एकीकृत समाजवादीनिकट अनेरास्ववियूका समेत अध्यक्ष हुन् । अध्यक्ष र सदस्यहरुलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कमिटीका सदस्यमा उत्तर खड्का, नरेश न्यौपाने, प्रकाश शाही, लक्ष्मी क्षेत्री, निश्चिल गुप्ता, मनोज चन्द, हर्क बम, एन्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, सुमनराज पौडे, किरण, पौडेल, निक्शन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, प्रकाश श्रेष्ठ, मुेकश कुँवर, गौरव थापा, सुधिव घिमिरे, शोभा बम, तर्कबहादुर शाही, प्रदिप खनाल, सुरु रिजाल, मनोज शाही लगायत छन् ।

३३ जनाको कमिटी रहेकामा अन्य पदाधिकारी र सदस्य पछि मनोनयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?