+
+

चितवनमा जन्ती बस दुर्घटना, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १८:०४

२५ जेठ, चितवन । चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले बताए ।

उनका अनुसार घाइतेहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बसमा ३० जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?