+
+

जब म्यानपावरवालाले झ्यालबाट पैसा फाले…

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते २२:००

२५ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मार्‍यो । तर, सुरुमा त श्रमिकले भर्खरै बुझाएको पैसा बुझ्ने म्यानपावर सञ्चालकसँग रकम नै भेटिएन ।

विभागको टोलीले सोधीखोजी गर्दा मात्रै पत्ता लाग्यो, पैसा त बुझ्नासाथ झ्यालबाट बाहिर फ्याँकिसकिएको रहेछ !

बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

मलेसियाको इस्टोन कम्पनीबाट ५० जना पुरुष र ५० जना महिला कामदार लैजान कम्पनीले पूर्वा स्वीकृति लिएको थियो । त्यसअनुसार कम्पानीले ३५ जनालाई मलेसिया पठाइसकेको छ ।

बाँकी १७ जनालाई पठाउने क्रममा २ लाख ५० हजारसम्म माग गरिएको उजुरी विभागमा परेको थियो । २ जना श्रमिकले गरेको उजुरीका आधारमा विभागले पैसा बुझाउन गएका एक श्रमिकलाई पछ्याएको थियो । उनले यसअघि नै ५० हजार बुझाइसकेका थिए भने थप २ लाख बुझाउन जाँदै थिए ।

विभागको टोली आएको थाहा पाएका यादवले पैसा बुझ्नासाथ झ्यालबाट पैसा फ्याँकेका थिए । विभागका निर्देशक डम्बर सुनुवारका अनुसार पैसा नभेटिन्जेलसम्म सञ्चालकले पैसा बुझेको कुरा अस्वीकार गरेका थिए ।

तर, झ्यालबाट पैसा फ्याँकेको तथ्य अनुगमन टोलीले थाहा पाएर पैसा बरामद भएपछि यादवले गैरकानुनी रुपमा पैसा असुलेको स्वीकार गरेका थिए ।

निर्देशक सुनुवारले कम्पनीमार्फत मलेसिया उड्न बाँकी रहेका सबै श्रमिकलाई तोकिएको शुल्क मात्रै तिरेर पठाइने बताए । ‘सबै प्रक्रिया पूरा भइसकेको देखिन्छ’ उनले भने, ‘बढी पैसा जो-जोसँग लिइएको छ, उहाँहरुको उजुरी पर्‍यो भने फिर्ता गराउँछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?