+
+

‘प्रसाद २’को निर्देशकमा सुदर्शन, मुख्य भूमिकामा नम्रता, विपिन र निश्चल नै रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:१६
निर्देशक सुदर्शन थापा । फाइल तस्वीर

काठमाडौं । फिल्म ‘प्रसाद २’को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन् । असार १५ गतेदेखि छायांकन सुरु हुने फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत नै रहनेछन् ।

पटकथा लेखक सुशील पौडेलले निर्देशकमा थापालाई अनुबन्धित गरिएको जानकारी दिए । सुवास थापाले निर्माण गर्ने फिल्ममा केही नयाँ कलाकार समेत भित्रिने जनाइएको छ । यसअघि यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने चर्चा थियो । अहिले आफू उक्त प्रोजेक्टमा आबद्ध नरहेको चौधरीले जनाएका छन् । छायांकनअघि फिल्मको कार्यशाला सुरु हुने भएको छ ।

बागलुङको रिघा गाउँमा छायांकन हुने फिल्मले अन्तरजातीय प्रेम र जातीय विभेद तथा छुवाछूतको कथा पेश गर्छ । ‘प्रसाद’को पहिलो श्रृंखला सकिएकै ठाउँबाट नयाँ कथा सुरु हुने लेखक पौडेलले जानकारी दिए ।

समीक्षकबीच बहस छेडेको ‘प्रसाद’ले यसपटक पनि पात्रबीचको अन्तरसंघर्षलाई निरन्तरता दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?