+
+

अर्थमन्त्री शर्माले भने : आन्तरिक राजस्व वृद्धि नगरेसम्म ऋण लिनुपर्ने अवस्था आइरहन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:५०
फाइल तस्वीर

२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य राखेकाले त्यसका लागि अर्बौं लगानी गर्नु पर्ने उनको भनाइ छ ।

सरकारले सन् २०२६ सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनु पर्ने आवश्यक रहेको मन्त्री शर्माले बताए । उनले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने आवश्यकता रहेको बताए । सरकारले लिएको धेरै ऋण उत्पादन मुलक नभएर खर्च बढाउने खालको रहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले अहिले आन्तरिक र वाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताए । सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।
उनले ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पूँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?