+
+

जिसस काठमाडौंमा सबै निर्विरोध, प्रमुख र उपप्रमुखमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १८:०३
जिल्ला समन्वय समिति काठमाडौंको कार्यालय रहेको भवन ।

२७ जेठ, काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । सदस्यमा नै नेकपा माओवादी केन्द्रबाट एक जना र एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध भएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका सन्तोष बुढाथोकी, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शान्ति पाण्डे निर्विरोध भएकी हुन् । खुल्ला ३ सदस्य, २ महिला सदस्यमा पनि नेपाली कांग्रेसको मात्रै उम्मेद्वारी परेको हो ।

एकीकृत समाजवादीबाट एक महिला सदस्य र नेकपा माओवादी केन्द्रका एक दलित सदस्यको मात्रै उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरुको सबै पदमा एक एक जनाको मात्रै उम्मेद्वारी परेकोले मतदान नहुने भएको छ । निर्वाचन तालिका अनुसार हामी आधिकारिक घोषणा भोलि मात्रै गर्छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?