
२७ जेठ, काठमाडौं । प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई महाराजगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ घर भई हाल महाराजगञ्ज बस्ने ५६ वर्षीय अनिल मोक्तान रहेका छन् ।
उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
उनले पीडितहरु विदुर पौडेल, प्रदीप बास्कोटा, दिपबहादुर अधिकारी र बालकृष्ण थापा मगरलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्यानमा पारेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4