+
+

जी-बब प्रकरणमा एएनटीएफले भन्यो- हामीले बन्धक बनाएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:२४

काठमाडौं । र्‍यापर जी-बब र उनका बुवाआमाबीचको विवाद चर्किएको छ । दुवै पक्षले एकअर्काविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले छलफलको लागि सोमबार बोलाएको छ ।

विवादको केन्द्रमा चाहिं र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ । विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङले मुख खोलेका छन् । उनले विवादको केन्द्रमा ‘पैसा’को विषय रहेको टिप्पणी गरेका छन् ।

जी-बबसँग आफूहरुको सम्झौता रहेको, तर ऊ आफूहरुको मातहतमा नरहेको दाबी समेत उनले गरेका छन् । जी-बब एएनटीएफकै स्टुडियोमा बसोबास गर्ने भन्दै उनले जी-बब घर नजानुसँग आफूहरु जिम्मेवार नरहेको समेत बताएका छन् ।

निमसाङले एक टेलिभिजनसँग गरेको कुराकानीको अंश :

मलाई लाग्छ, यो सबै कन्ट्रोभर्सी पैसा हो । उसलाई सबैले प्रयोग गरेको छ । ट्री इन्टरटेनमेन्टले पनि लगेर राति त्यत्तिकै छाड्दियो । एएनटीएफको मान्छे गएर जी-बबलाई ल्याउनुपरेको राति पनि ।

भोलिपल्ट हामीले घर पुर्‍याइदियौं । घरको मान्छेले पनि हामीलाई नै ब्याक पठाइदिनुभयो । हामीसँग कन्भर्सेसनको रेकर्डिङ पनि छ । उसको ममीको अनुसार ट्री इन्टरटेनमेन्टले हामीलाई यति पैसा दिन्छु भन्या छ रे ।

जी-बब भाइको म्युजिक भिडियो भए पनि आफ्नै छोराछोरी मुख्य एक्टर राखिएको छ । जी-बब भाइको केही पनि छैन, ऊ सेटबाट भागिदिएको हो । उनीहरुले टेन-एक्समा जी-बब आउँछ रे भनेर टिकट बेचिराखेको थियो । हामीले त इन्स्टाग्रामको पोस्टबाट थाहा पाएको ।

जी-बबको आमाको कुरा सुन्दा त ट्री इन्टरटेनमेन्टले यो अफर गर्‍या छ, दीपक नेपाली घरमा आयो भनेर सुनियो । उसको बुवा त भर्खर आउनुभएको हो, त्यति थाहा छैन होला उहाँलाई । त्यससँग हामीलाई समस्या छैन, किनभने हामीले सम्झौतामा हस्ताक्षर गरेको हो ।

पर्दा पछाडि ट्री इन्टरटेनमेन्ट मात्र नभएर धेरै जनाले मान्छे उछाल्ने काम गरेको छ । अहिलेसम्म हाकिम दाइले गरेको ट्रान्जेक्सनको इसेवा रेकर्ड पनि छ । जी-बब भाइलाई हामीले अस्ट्रेलियाबाट एक लाख रुपैयाँ क्यास दिएको भिडियो पनि छ । उसले घरमा गएर दिएको पनि रहेछ । ‘भाग भाग’ र ‘फाइनल्ली भेटियो’ जस्ता गीतमा हाम्रो हात छैन ।

जी-बबलाई हामीले बाँधेर राखेका छैनौं । सबैजना हामीसँगै बस्छन् । हामी एउटै परिवार हौं । पुलिस केस हामीले हालेको हो, उहाँहरुले होइन । हाम्रो एउटा मात्रै माग छ, जी-बब हाम्रै आर्टिस्ट हो । हामी पारिश्रमिक दिन्छौं । यदि उसले आमालाई पे गर्दा हुन्छ भनेर भन्नुपर्‍यो । भोलिको दिनमा आमाले पैसा लग्यो, बब भाइले मलाई पैसा नै पे गर्‍या छैन भन्यो भने भन्न सक्छ । हाम्रो पनि मर्म बुझ्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?