+
+

पेप्सीकोले नेपालमा सुरु गर्‍यो इनर्जी ड्रिङ्क स्टिङको बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १३:२२

काठमाडौं । पेप्सीकोले नेपालमा इनर्जी ड्रिङ्क स्टिङको बिक्री शुभारम्भ गरेको छ । ब्राण्डले नेपालमा पहिलो पटक “द स्टिङ इनर्जी” प्रचार अभियान अघि बढाएको छ । यस अभियान अन्तर्गत एक नयाँ जीवन्त टीभीसी विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई अत्यन्त रचनात्मक एवं रमाइलो तरिकामार्फत दर्शाइएको कम्पनीले जनाएको छ ।

टीभीसीले रचनात्मक तवरबाट ग्राहकलाई स्टिङको ऊर्जाशील स्वादको आनन्द लिंदैं उनीहरुको पललाई ऊर्जामय बनाउन हौस्याउने कम्पनीको भनाइ छ ।

‘हामी हाम्रो इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएका छौं । स्टिङ असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ । हामीलाई विश्वास छ, स्टिङ्गले देशभरका युवाहरुको मन मुटु, मस्तिष्क र स्वादमा राज गर्नेछ र यो नयाँ मनोरञ्जक अभियानले हाम्रा ग्राहकहरु जो सधैं सक्रिय हुनुहुन्छ वहाँहरुसंग बलियोरुपमा प्रतिध्वनित हुनेछ’ पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले भने ।

नयाँ स्टिङ टीभीसी टिभी, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा प्रदर्शन गरिनेछ । अभियानलाई वर्षैभरी नै विभिन्न ग्राहक सम्पर्क केन्द्रहरु मार्फत् देशव्यापी रुपमा व्यापक बनाइनेछ । स्टिङ्ग २५० मिलिको प्याकमा नेपालका सबै आधुनिक एवं परम्परागत फुटकर बिक्रीस्थलहरु लगायत अग्रणी इ कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?