+
+
Shares

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १९:२२

२९ जेठ, काठमाडौं । अमेरिकाले अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनले आरोप लगाएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन् ।

सांग्रिला डायलगको एकदिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन् ।

अमेरिकी रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भनेका थिए ।

बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको आशय थियो । इण्डो–प्यासेफिक रणनीति द्वन्द्व र टकराव सृजना गर्ने रणनीति भएको उनको टिप्पणी छ ।

-एजेन्सीको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?