+
+

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ९:०९

३० जेठ, काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?