+
+

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ९:२१

३० जेठ, काठमाडौं । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।

समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् ।

सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरुलाई आग्रह गरिन् ।

बैठकमा नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?