+
+

अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : भीम रावल

प्रधानमन्त्रीलाई पनि छलफलमा बोलाउन रावलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ९:३३
एमाले नेता भीम रावल । फाइल तस्वीर

३० जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’

उनले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको अमेरिकी भ्रमणबारे पनि उनले प्रश्न उठाउँदै भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गरे ।

‘यो विषयमा सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भन्नुभएको छ उहाँले नै भ्रमणमा आशंका गर्नुभएको छ, हामी त प्रतिपक्षीमा छौं,’ पूर्वमन्त्रीेसमेत रहेका रावलले भने, ‘भ्रमणबारे प्रधानमन्त्रीलाई पत्र लेखेर छलफलमा बोलाऔं ।’

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नारायण खड्का भने अनुपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?