+
+

आयोजक कोटेश्वर काठमाडौं महानगर खुला तेक्वान्दो च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:४५

३० जेठ, काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो ।्

दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पार्‍यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समिर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६ सय खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?