+
+

‘गौतमबुद्ध विमानस्थललाई ट्रान्जिट एयरपोर्ट बनाऊ, उद्योगका संरचना स्थानान्तरण गर’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १८:३१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/फाइल तस्वीर

३० जेठ, काठमाडौं । संसदीय समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट एयरपोर्ट’का रुपमा विकास गर्न सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

उक्त प्रतिवेदनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे दिएको निर्देशनमा भनिएको छ, ‘यात्रु स्थानान्तरण विमानस्थल (ट्रान्जिट एयरपोर्ट)का रुपमा विकास गर्न प्राधिकरणले विशेष पहल गर्नुपर्ने ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकको फाइल तस्वीर ।

यो विमानस्थलको नजिक केही पराना संरचना र विभिन्न उद्योग/कलकारखाना रहेको भन्दै ती संरचना हटाउन समेत समितिले निर्देशन दिएको छ । सो स्थानबाट हटाएर अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थलमा स्थायी वैकल्पिक इन्धन भण्डारणको व्यवस्था गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

गौतमबुद्ध विमानस्थलको पश्चिमतर्फको धावनमार्ग बढाएर यात्रु कक्ष समेत विस्तार गर्न समितिले भनेको छ । यो विमानस्थलको उडान सहज बनाउन छिमेकी राष्ट्र भारतसँग हवाई मार्गका सम्बन्धमा आवश्यक पहल गरी अन्तर्राष्ट्रिय यात्रु सेवाको उडान छोटो र कम खर्चिलो बनाउन समेत समितिले निर्देशन दिएको छ ।

पोखरामा रिठ्ठेपानी डाँडाको ईआईए छिटो टुंग्याउन निर्देशन

पोखरा विमानस्थलको सन्दर्भमा समितिले रिठ्ठेपानी डाडाँ कटानको पूरक वातावरणीय प्रभाव मूल्यांकनको काम छिटो छुट्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

पोखरा महानगरपालिकाको फोहोर मैला व्यवस्थापन गर्ने स्थललाई सार्ने प्रक्रियालाई समेत शीघ्र अगाडि बढाउन समितिले सुझाव दिएको छ ।

विमानस्थलमा नियमित विद्युत् आपूर्ति गर्न आवश्यक अतिरिक्त विद्युत् आपूर्तिका लागि सम्बन्धित निकायमा निर्देशन दिर्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाल आयल निगमलाई हवाई इन्धन भण्डारण छिटो निर्माण तथा सञ्चालन गर्ने निर्देशन समेत दिएको छ । विमानस्थल परिसरमा आवश्यक अनुमति दिन सक्ने अधिकारसहितको अध्यागमन, श्रम, भन्सारसहितका कार्यालय स्थापना गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?