+
+

अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

नेपालविरुद्ध खेलेका गोलरक्षक एन्ड्र्यू बने खेलका नायक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ७:०३

३१ जेठ, काठमाडौं ।अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ।

कतारको अहमद विन अली रंगशालामा नियमित । अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।

पेनाल्टी शुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ सब्स्टिच्यूड गरी ठूलो जोखिम उठाएका थिए । सिडनी एफसीका ३३ वर्षीय एन्ड्र्यूले यसअघि नेपालसँग खेलेका थिए । त्यो नै प्रतिस्पर्धात्मक प्रतियोगितामा अस्ट्रेलियाका लागि उनको एकमात्र खेल थियो ।

सन् २०२१ को जुन ११ मा विश्वकप छनोटको दोश्रो लेग अन्तर्गत कुवेतमा भएको नेपाल र अस्ट्रेलियाबीचको खेलमा खेलेयता एन्ड्र्यूले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । उनले सन् २०१९ मा दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका हुन् ।

एन्ड्र्यूले पेरुका लागि अन्तिम पेनाल्टी प्रहार गरेका एलेक्स भालेराको प्रहार बचाएर टिमलाई आगामी नोभेम्बरमा पुनः कतार आगमन निश्चित गरेका थिए । सन् २००६ यता अस्ट्रेलियाले सबै विश्वकप खेलेको छ ।

अस्ट्रेलियाले समूह डी मा साविक विजेता फ्रान्स, डेनमार्क र ट्यूनिसियासँग खेल्नुपर्नेछ । कतार विश्वकपका लागि छनोट हुने अस्ट्रेलिया ३१औं देश हो । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत मंगलबार ओसियानाबाट छानिएको न्युजिल्यान्ड र उत्तर अमेरिकाको कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । सो खेलपछि कतार विश्वकपमा सहभागी टिम संख्याले पूर्णता पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?