+
+

अछामका शाह मृत्यु प्रकरण : कैलाली प्रहरीले दर्ता गर्‍यो किटानी जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ८:४६

३१ वैशाख, धनगढी । भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका-१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेर कैलालीको मोहना नदीमा सोमबार अन्त्येष्टि गरेको छ ।

शव परीक्षणपछि मात्र किटानी जाहेरी लिने बताइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौतर्फी दबाबपछि जोहरी दर्ता गरेको पीडित पक्षले जनाएको छ ।

मृतकका भाइ नाता पर्ने बमबहादुर शाहले उनीसँगै भारतबाट फर्किएका चौरपाटी गाउँपालिका-१ का ५४ वर्षीय खडक शाह, ४५ वर्षीय कृष्णबहादुर शाह र सोही ठाउँका ३८ वर्षीय पदमबहादुर साउदविरुद्ध किटानी जाहेरी दिइएको बताए ।

उनकाअनुसार मृतककी श्रीमती धनादेवी शाहले श्रीमानको हत्या भएको आशंकासहितको किटानी जाहेरी दिंदै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुन अनुसारको कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

गत २६ जेठमा भारतको मुम्बईबाट किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुसँगै फर्किएका शाह धनगढी बसपार्कस्थित एक होटलमा बसेका थिए । सोही दिन धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै सोही दिन खानीडाँडाबाट फर्किएर माया मेट्रो अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंका गरिएको छ । खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?