+
+

एसपीपी सम्झौताको मस्यौदाबारे संसदलाई जानकारी गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:३४

३१ जेठ, काठमाडौं । प्रतिनिधि सभामा अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग उठेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ ? भनेर साथीहरु भन्नुहुन्थ्यो। अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ’ सांसद सुवालले भने ।

नेपालमा अमेरिकी भित्राउन प्रमुख विपक्षी नेकपा एमाले समेत लागेको उनको आरोप छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भैरहेको छ । त्यसअघि नेपाली सेनाका सेनापति पनि अमेरिका भ्रमणमा जाने तयारी छ । अमेरिकी अधिकारीहरुले पनि नेपाल भ्रमण गरिरहेका छन् ।

पछिल्लो समयको भ्रमणको मुख्य उदेश्य एसपीपीमा हस्ताक्षर गर्नु रहेको बताइएको छ । एसपीपीको मस्यौदा नै सार्वजनिक भएपछि प्रतिनिधिसभामा यसको आधारिक नकारी माग भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?