+
+

बजाजको नयाँ वर्ष बम्पर योजना : उर्लाबारीकी तुलसादेवीले जितिन् १० लाख रुपैयाँ 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १४:०१

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको बम्पर योजनाको विजेता घोषणा गरेको छ ।

विजेता घोषणा अनुसार उर्लाबारीकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट बजाजको मोटरसाइकल खरिद गरेकी थिइन् ।

नयाँ वर्षको अवसरमा कम्पनीले ग्राहकका लागि “बजाज पाँचको पञ्च” नामक बम्पर योजना सञ्चालन गरेको थियो । यस योजना अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?