+
+

इंग्ल्याण्ड घरेलु मैदानमै हंगेरीसँग निरीह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ८:१३

१ असार, काठमाडौं । यूईएफए नेशन्स लिग फुटबलम इंग्ल्याण्डको खराब प्रदर्शन जारी रहँदा घरेलु मैदानमै हंगेरीसँग ४-० ले पराजित भएको छ ।

लिग ए अन्तर्गत समूह सी मा चार खेल खेल्दा इंग्ल्याण्ड अझै जितविहीन छ । चार खेलमा इंग्लयाण्डको यो दोस्रो हार हो । दुई बराबरीबाट २ अंक मात्र रहेको इंग्ल्याण्ड समूहको पुछारमा छ ।

उता उत्कृष्ट प्रदर्शन कायम राख्दै दोस्रो जित निकालेको हंगेरी ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

मोलिनेक्स स्टेडियममा भएको खेलमा हंगेरीलाई शानदार जित दिलाउन रोनाल्ड सलाईले १६औं र ७०औं मिनेटमा गोल गरे ।

यस्तै जोट नेगीले ८०औं र ८९औं मिनेटमा डानिएल गाजडागले गोल गरे ।

८२ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?