+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

किसानलाई मल र निजगढ विमानस्थल बनाउन लाई राप्रपाको ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १७:४१

१ असार, पोखरा । किसानलाई तत्कालै बीउ, मल उपलब्ध गराउनु तथा महंगी र कालोबजारी नियन्त्रणलगायतका माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

बुुधबार राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई विभिन्न १९ बुँदे ज्ञापन पत्र बुुझाएको हो ।

ज्ञापनपत्रमा विदेशी निजगढ विमानस्थल बनाउनसमेत माग गरिएको छ । ‘वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस्’, पत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा ०४७ सालयताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनदेखि संघीयता खारेजीसम्मको माग गरिएको छ । ज्ञापन पत्रमा संघीयताले देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पुर्‍याएको आरोप लगाइएको छ ।

देशलाई एउटै निर्वाचन क्षेत्र कायम गरेर संसद निर्वाचनलाई समानुपातिक रुपमा गर्न पनि राप्रपा कास्कीले ज्ञापनपत्रमार्फत आग्रह गरेको छ । ज्ञापनपत्रमा राजसंस्थासहित सबै राजनीतिक दल अटाउने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

पोखरा सिर्जनाचोकदेखि शहीदचोकसम्म र्‍यालीसहित राप्रपाले जिल्ला प्रशासन कार्यालयअगाडि पुुगेर नाराबाजीसमेत गरेको थियो । उनीहरुले पृथ्वीजयन्तीका दिन सार्वजनिक विदा दिनसमेत माग राखेका छन् ।

‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौं । र, हाम्रो माग पूरा नभएको खण्डमा अझै बढी सशक्त रुपमा यो आन्दोलन चर्किदै जान्छ,’ राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने, ‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्रभने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’

गुरुङले नेपाली भूमिमा अमेरिकी सेनाको प्रवेश हुनेगरी सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भएको खण्डमा राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।

राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सरकारले आफ्ना माग पूरा नगरे चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने बताए । उनले भने, ‘तर सरकारको रवैया हेर्दा त्यस्तो देखिँदैन । यदि त्यसो नभएको खण्डमा चरणबद्ध रुपमा हामीले अझै बढि दबावमूलक आन्दोलन गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?