+
+

हिमालय टिभीका पत्रकारलाई बालेन साहले गरे दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:१७

१ असार, काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार संकलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर निकाल्न लगाएको हिमालय टेलिभिजनले जनाएको छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको बताएको छ ।

महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?