+
+
Shares

मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया सातै प्रदेशमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते २०:०९

१ असार, काठमाडौं । सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोण र मुटुको शल्यक्रिया गर्ने योजना बनाएको छ ।

मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले केही प्रदेशमा रहेका अस्पतालसँग सम्झौता भइसकेको र केही सम्झौताको क्रममा रहेको जानकारी दिए ।

‘पोखरा र सुर्खेतसँग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सम्झौता गरेको छ । यी दुई ठाउँमा हामी तुरुन्तै सेवा सञ्चालनमा ल्याउँछौं’, मन्त्री खतिवडाले भने, ‘कोसी, नेपालगञ्ज लगायतका ठाउँ गरी सातै प्रदेशमा हामी मिर्गौला प्रत्यारोपण सुरु गर्ने योजनामा छौं ।’

त्यसैगरी, मन्त्री खतिवडाले मुटुको शल्यक्रिया शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको जानकारी दिए ।

‘मुटुको शल्यक्रिया सातै प्रदेशमा हुने गरी कार्यक्रम लैजाने योजना बनाएका छौं । कुनै सम्झौता भइसकेका छन् । कुनै सम्झौता हुने क्रममा छन्,’ मन्त्री खतिवडाले थपे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?