+
+

सधैंका लागि बन्द हुँदैछ इन्टरनेट एक्सप्लोरर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:१३

२ असार, काठमाडौं । विश्वको सबैभन्दा पूरानो इन्टरनेट ब्राउजरको रुपमा रहेको इन्टरनेट एक्स्प्लोरर आज अर्थात् जुन १५, २०२२ देखिसधैंका लागि बन्द हुँदैछ ।

प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले २७ वर्ष पूरानो इन्टरनेट एक्सप्लोररलाई बन्द गर्ने घोषणा सन् २०२१ को मे १९ मै गरेको थियो, जुन बुधबारदेखि कार्यान्वयन हुँदैछ ।

सन् १९९५ अगष्ट १६ मा विन्डोज ९५ सँगै माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोरर सुरु गरेको थियो । उक्त वेब ब्राउजरलाई माइक्रोसफ्टले सबै विन्डोज प्रयोगकर्ताका लागि निशुल्क उपलब्ध गराएको थियो । यो ब्राउजर आजदेखि निस्क्रिय हुनेछ ।

माइक्रोसफ्टले यसअघि नै आफ्नो नयाँ वेब ब्राउजर माइक्रोसफ्ट एज ल्याइसकेको छ, जसले इन्टरनेट ब्राउजरको बजारमा राम्रै लोकप्रियता कमाइरहेको छ । इन्टरनेट एक्स्प्लोररको नयाँ संस्करण अपडेट गर्ने काम चाहीँ माइक्रोसफ्टले सन् २०१६ देखि नै बन् गरेको थियो ।

कम्पनीले हालसम्म आफ्नै सबै इन्टरनेट एक्स्लप्लोरर प्रयोगकर्तालाई नयाँ ब्राउजरमा स्थानान्तरण हुन समय दिएको थियो । स्मरण रहोस् माइक्रोसफ्टले पछिल्लो समय आफ्नो अपडेटका माध्यमबाट विभिन्न सिस्टमबाट इन्टरनेट एक्स्प्लोरर हटाएर माइक्रोसफ्ट एज ब्राउजर राखिदिने गरेको छ ।

इन्टरनेट एक्सप्लोररको बिदाईको समय आएसँगै सोसल मिडियामा यो पुनः चर्चाको विषय बनेको छ । मानिसहरुले अनेक खालका मिम्स शेयर गर्दै सबैभन्दा पूरानो ब्राउजरलाई आ आफ्नो तरिकाले अलबिदा गरिरहेका छन् । कतिपयले इन्टरनेट एक्सप्लोररको विदाई प्रति दुख व्यक्त गरेका छन् ।

स्मरण रहोस् इन्टरनेट ब्राउजरको क्षेत्रमा कुनै समय इन्टरनेट एक्स्प्लोररले एकछत्र राज गरेको थियो । सन् २००३ मा यसको बजार हिस्सा ९५ प्रतिशत सम्म पुगेको थियो ।

तर सन् २००४ मा फायरफक्स आएसँगै इन्टरनेट एक्सप्लोररको प्रभुत्व कमजोर हुँदै गयो । त्यस्तै सन् २००८ मा गुगल क्रोमको आगमन तथा इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने एन्ड्रोइड तथा आइओएस मोबाइल अपरेटिङ सिस्टमको बढ्दो लोकप्रियतासँगै इन्टरनेट एक्स्प्लोरर छायाँमा पर्दै गएको थियो ।

पछिल्लो तथ्यांक अनुसार हाल इन्टरनेट ब्राउजरको क्षेत्रमा इन्टरनेट एक्स्प्लोररको हिस्सा ०.३८ प्रतिशत रहेको छ । माइक्रोसफ्टको नयाँ ब्राउजर माइक्रोसफ्ट एजले सन् २०१९ मै इन्टरनेट एक्स्प्लोररलाई पछि पारेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?