+
+

बजेटमा सडकलाई प्राथमिकता दिएका छौं : मन्त्री विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते २०:०६

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले सडकलाई प्राथामिक्तामा राखेर बजेट ल्याएको बताएका छन् । र, उनले बजेट कार्यान्वयनमा आशंका नगर्न समेत आग्रह गरे ।

मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले प्रदेश सरकारले खर्च गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर नै बजेट ल्याइएको बताए । आर्कषक योजना र बजेट ल्याउँने तर कार्यन्वयन हुन नसक्ने विगतको परिपाटी अन्त भएको उनले दावी छ ।

‘आगामी आवका लागी ल्याएको बजेट साउनदेखिनै कार्यान्वयनमा जान्छ । विगतबाट पाठ सिकेर कार्यन्वयन हुन सक्ने योजनामा मात्रै बजेट हालेका छौं’ मन्त्री विष्टले भने ।

कर्णाली सरकारले हालसम्म ल्याएका योजना र बजेटबाट जनताले पुर्णरुपमा लाभ लिन नसकेको मन्त्री विष्टले स्वीकारे । ‘अव जनताले धारामा पानी पाउँनेछन, जमिनमा सिँचाइ पाउँछनेछन्’ उनले भने, ‘सडक भएरपनि सवारी साधन चल्न नसक्ने अबस्था हुँनेछैन् । आगामी बजेटले ती योजनालाई पूर्णता दिनेछ । जनताले प्रदेश सरकारको अनुभूति प्रदान गर्नेछन् ।’

मन्त्री विष्टले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार विकासलाई नै प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए । उनका अनुसार बजेट प्राथमिकतामा शीघ्र प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण गर्ने छन् ।

आगामी आर्थिक वर्षमा कर्णाली सरकारले प्रदेश सडक गुरुयोजना बनाउने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले प्रादेशिक सडक ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताए। प्रदेश सरकारले आगामी वर्ष भेरी र कर्णाली कोरिडोर निर्माण र स्तरोन्नतिका लागि संघीय सरकारसँग सहकार्य गर्ने बताएको छ।

प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सडक आयोजनालाई प्रदेश महत्त्वको आयोजनाको रूपमा सञ्चालन गर्ने बताइएको छ । सरकारले भौतिक पूर्वाधार र सहरी विकासका लागि मात्रै १० अर्व ९२ करोड विनियोजन गरेको मन्त्री विष्टले जनाए।

प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक निर्माणलाई तीव्रता दिन ६ करोड छुट्याइएको मन्त्री विष्टले जनाए ।

उनका अनुसार प्रदेशमा आयोजना हुने सार्वजनिक सभा, समारोह व्यवस्थित गर्न वीरेन्द्रनगरको खुलामञ्चमा संरचना निर्माण गरिनेछ। प्रदेश राजधानी वीरेन्द्रनगरमा तीनै तहको सरकारको लगानीमा कर्णाली बसपार्क निर्माण गरिने छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधबार विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब चार अर्ब कम बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?