+
+

एमाले एक मात्र वैचारिक नेता हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १५:५५

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि नीति एमालेले तय गर्छ । त्यसलाई तोडमोड गरेर व्याख्या गर्ने, अलिकति आफ्नो बनाउने बाहेक नीति कुनै पार्टीसँग देख्नु भएको छ ?’

राष्ट्र निर्माणको नीति एमाले बाहेकका दलसँग नभएको भन्द्यै उनले अघि भने, ‘बैचारिक हिसाबले नेकपा एमाले एक मात्र वैचारिक नेता हो नेपालको ।’

संगठनात्मक रुपमा ५/७ भाइ नभएसम्म एमालेतिर हेर्न पनि नसकिने अवस्था रहेको उनले बताए । ओलीले अघि भने, ‘जनप्रभावमा पनि कम्तिमा एमाले एअरुभदा एक प्रतिशत ठूलो छ ।’

संसदमा एमालेको ९८, कांग्रेसकोे ६१ र माओवादी केन्द्रको ४८ सिट रहेको उनले सुनाए । स्थानीय तहमा पनि माओवादी केन्द्रले अरुसँग मिलेर १२० पालिकाको नेतृत्व जित्दा एमालेले २०५ जितेको भन्दै उनले अघि भने, २०५ सिट जित्ने चाहिँ हा¥यो। १२० जित्ने चाहिँ जित्यो रे ।’

एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले एमालेबाट फुटेर बनेको एउटा पार्टीले चाहिँ हार गुहार गरेर १४ ठाउँ जित्दा एमालेलाई हरायौं भनेर खुसी मनाएको बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘एमाले असफल भएको होइन, तर धेरै सफल भएको ठान्दैन । किनभने हामीले बहुमत सिट ल्याउनुपर्थ्यो, यो भन्दा धेरै सिट ल्याउनुपर्थ्यो । अहिले जे भयो, त्यो भन्दा बढी व्यवस्थित ढंगले प्रस्तुत हुनुपर्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?