+
+

बलियो नेपाल कप अन्डर-१५ को सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:३७

३ असार, काठमाडौं । बलियो नेपाल कप अन्डर-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा स्थान बनाएका छन् ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश १ समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

शनिवार हुने पहिलो सेमिफाइनलको खेलमा बलियो प्रदेश १ र बलियो बागमती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेश प्रदेश र बलियो गण्डकी प्रदेश भिड्ने छन् ।

शुक्रबार मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो लुम्बिनी प्रदेशका बिरुद्ध रोमाञ्चक जित दर्ता गर्‍यो ।

ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०९ रन जोडेको थियो । उसका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रनको योगदान गरे। बलियो प्रदेश १ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट आफ्नो नाम गरे।

जवाफमा ११० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो प्रदेश १ ले एक बल बाँकी रहँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बलियो प्रदेश १ लाई अन्तिम दुई बलमा ३ रन आवश्यक रहँदा बाई स्वरुप ४ रन प्राप्त गरेपछि बलियो प्रदेश १ को जित सम्भव बनेको थियो। बलियो प्रदेश १ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रनको योगदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?