+
+

थाइल्याण्डमा किन खुुवाइन्छ कुखुरालाई गाँजा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १८:१८

थाइल्याण्डका किसानहरुले आफूले पालेका कुखुरालाई गाँजा खुवाइरहेका छन् ।

कुखुरालाई गाँजा ! अचम्म लाग्न सक्दछ । किसानहरुले कुखुरालाई गाँजा खुवाउनुको विशेष कारण छ । एन्टिबायोटिक्सबाट जोगाउनका लागि भन्दै उनीहरुले कुखुरालाई गाँजा खुवाउने गरेका हुन् ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको लम्पाङ्ग सहरमा रहेका कुखुरा फारामहरुमा पालिएका कुखुराहरुलाई वैज्ञानिकहरुको सल्लाहमै कुखुरालाई गाँजा खुवाउन थालेका छन् । त्यहाँका किसानहरुले पट पोल्ट्री परियोजना सुरु गरेका छन् । उक्त परियोजना चियांगमाई विश्वविद्यालयको कृषि विभागका वैज्ञानिकहरुको सल्लाहमा सुरु गरिएको हो ।

त्यहाँका किसानहरुले आफ्ना कुखुराहरुलाई एन्टिबायोटिक लगाएका थिए । तर उक्त एन्टिबायोटिक लगाएपछि पनि कुखुरामा एभियन ब्रोङ्काइटिसको समस्या देखियो । त्यसपछि कुखुराहरुलाई पशुपंक्षी वैज्ञानिकको सहयोगमा पट पोल्ट्री परियोजना सुरु गरियो र गाँजा तथा भाङ मिसाइएको चारो दिन थालियो । त्यहाँ कुखुरा फार्म आफैले गाँजा खेती गर्ने लाइसेन्स पाएका छन् ।

उक्त परियोजनाको परीक्षण अन्तरगत १ हजार भन्दा धेरै कुखुरामा विभिन्न मात्रामा गाँजाको खुराक दिइएको थियो ताकि गाँजाको मात्राले पार्ने फरक फरक असर हेर्न सकियोस्। ती मध्ये कुनै कुखुरालाई सिधै गाँजाका पात खान दिइएको थियो भने कतिपयलाई पानीमा भाङ घोलेर खान दिइएको थियो । त्यसपछि गाँजाले कुखुराको विकास, स्वास्थ्य तथा कुखुराको मासु र अण्डामा पार्ने प्रभावका विषयमा वैज्ञानिकहरुले लगातार निगरानी गरिरहे ।

वैज्ञानिकहरुका अनुसार गाँजा तथा भाङ खुवाइएका कतिपय कुखुरामा एभियन ब्रोङ्काइटिस कायमै थियो, तर कम मात्रामा । तर गाँजाले कुखुराको मासुमा कुनै असर नपरेको पाइयो भने कुखुराको व्यवहारमा पनि प्रभाव परेन ।

वैज्ञानिकहरुले यो परियोजनाको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भएपनि प्रारम्भिक नतिजा अनुसार एभियन ब्रोन्काइटिस लगायतका रोग विरुद्ध एन्टिबायोटिक औषधि दिनुको साटो गाँजा तथा भाङ खुवाउनु प्रभावकारी देखिएको छ । यसले कुखुरामा एन्टिबायोटिक औषधिको प्रयोग घटाउने र त्यसले मानव स्वास्थ्यमा पर्ने असर समेत कम हुने बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?