+
+

करणी मुद्दाका फरार अभियुक्त छप्कैयाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १६:१६

५ असार, पर्सा । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१ बस्ने ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

उनलाई डा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैयाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले २०६९ जेठ २ गते राती १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीय महिलामाथि करणी गरी फरार रहेको प्रहरीको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?