+
+

शिक्षा क्षेत्रमा राउन्ड टेबलको रु. २५ करोड भन्दा बढी लगानी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १६:३५

काठमाडौं । राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।
राउन्ड टेबलले जारी गरेको प्रेश विज्ञप्ति अनुसार कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको उल्लेख छ ।

अहिलेसम्म ३७३ कोठासहित ४० वटा शौचालय, ५८ वटा विद्यालय र अनाथालय निर्माण गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले देशका विभिन्न स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आइरहेको छ । विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आबद्ध सन् १९९९ मा स्थापना भएको यो संस्था नेपालभर ३२ च्याप्टरमा कुल ५१३ सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?