+
+

अदालत परिसरबाट भागेका व्यक्ति ३ घण्टापछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते ९:२७

६ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंको परिसरबाट भागेका एक जना लागुऔषध मुद्दाका प्रतिवादी तीन घण्टपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई आइतबार राति नै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

अदालतबाट फरार भएसँगै प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो भने काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारेर खोजेको थियो ।

परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?