+
+

कुरियर सेवामा सिन्डिकेट, सस्तोमा सेवा दिने व्यवसायीलाई कारबाही हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १८:०४

६ असार, काठमाडौं । कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै न्यूनतम शुल्क निर्धारण गर्ने सहमति व्यवसायीले गरेका छन् । कुरियर व्यवसायीको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको जनाएको छ ।

संघका अनुसार अब कुरियर व्यवसायीहरुले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् । यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीहरुलाई संघले कारबाहीको प्रक्रिया अघि बढाउने संघका महासचिव राजकुमार सामरीले जानकारी दिए ।

महासचिव सामरीका अनुसार व्यवसायीहरुबीच वृहत छलफल र कानुन व्यवसायीहरुको सल्लाह लिएर कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीहरुबीच न्यूनतम शुल्क लागू गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको छ । कुरियर कम्पनीहरुले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे नगरेको अनुगमन संघले गर्ने जनाइएको छ ।

संघले तय गरेको न्यूनतम दररेट भन्दा कम दररेटमा बजारमा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलव्याग बोक्ने लोजिस्टिक कम्पनीहरुलाई अनुरोध गरि मेलव्याग ल्याउने, पुर्‍याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ ।

न्यूनतम शुल्क लागू नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीलाई समेत रोक लगाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?