+
+

बेपत्ता युवक खोज्न डोजरसहितको प्रहरी टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १५:२०

६ असार, विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।

शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् । बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति खोलामा खोजी गर्ने क्रममा कपडा भेटिएको थियो ।

‘पक्राउ परेकाहरुको बयानका आधारमा राति बूढीखोलाको पुलमुनि खोजी गरियो, तर एक्कासी बाढी आएपछि गाह्रो भयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले आज बिहानैदेखि खोजी भइरहेको छ ।’

सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । तर बेपत्ता युवक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?