+
+

सांसद नरहेको घोषणा गरेका कर्ण मल्ल सुदूरपश्चिम प्रदेशसभाबाट सेवासुविधा बुझ्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १२:२४

७ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य नरहेको घोषणा गरेका कर्णबहादुर मल्लले प्रदेश सभा सदस्यको हैसियतमा मासिक रुपमा सरकारी सेवा सुविधा बुझिरहेको पाइएको छ । २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए ।

प्रदेश सभा त्याग्ने घोषण गरे पनि उनले प्रदेशसभा सचिवालयमा राजिनामा नदिएका कारण सेवा सुविधा पाइरहेका हुन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मल्लले मल्लले राजिनामा दिएको जानकारी प्राप्त नभएका कारण प्रदेश सभा सदस्यको हैसियतमा कानून बमोजिम पाउने सेवासुविधा उपलब्ध गराइरहेको बताए ।

अरु प्रदेशसभा सदस्य सरह मासिक रुपमा पाउने तलब भत्ता, अतिथि सत्कार, आवास सुविधा वापतको रकम सचिवालयले मल्लको खातामा जम्मा गर्दै आएको छ ।

‘गत वैशाखतिर म प्रदेशसभा सदस्य नरहेको घोषणा गर्दछु भन्ने व्यहोराको पत्र सचिवालयलाई प्राप्त भएको छ तर कानून बमोजिम उक्त घोषणाले पद गएको मानिँदैन,’ जैसीले अनलाइनखबरसँग भने, ‘उहाँले सभामुखज्यू समक्ष राजिनामा दिएको अवस्थामा मात्र प्रदेशसभा सदस्यको हैसियतमा रहदैनन् ।’

मल्लले केही दिन अघि मात्र इमेल मार्फत प्रदेशसभा सदस्यबाट राजिनामा दिएको पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन् । अब यो पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि मात्र उनी पदमुक्त हुनेछन् ।

कांग्रेसले पार्टी विधान विपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको थियो ।

निष्काशन गरेपछि उनले डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा नरहने घोषणा गरेका थिए, तर सभामुखलाई राजिनामा भने दिएका थिएनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मल्लले कांग्रेस बीपीबाट नेकपा एमालेसँग चुनाव तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?