+
+

थप २ जनामा हैजा संक्रमणको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते २०:०१

७ असार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।

सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमुना संकलन गर्ने इडीसीडीले जनाएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन काठमाडौंमा हैजा फैलिसकेको संकेत गर्छन् ।

विज्ञका अनुसार हैजा छिटो फैलिने भएकाले एक जनामा देखिनु भनेको पनि ठूलो मानिन्छ । ‘काठमाडौंमा हैजाको प्रवेश भइसक्यो । यो विस्तारै फैलँदैछ । किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान,’ डा. पुनले भने,’ केही दिनभित्रैमा आउटब्रेक हुन्छ ।’

भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाका माध्यमबाट जाने, अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?