+
+
राष्ट्रिय स्केटिङ बोर्ड प्रतियोगिता :

सिनियरको पुरुषमा समिर र महिलामा पेम्बा प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:५७

७ असार, पोखरा ।सिनियरको पुरुषमा समिर र महिलामा पेम्बा प्रथम हुँदै उपाधि जितेका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धीरज परियार दोश्रो तथा बसन्त राई तेश्रो भए । महिलामा समिक्षा राई दोश्रो तथा स्वाती श्रेष्ठ तेश्रो बने ।

जुनियरको पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते । सोही स्पर्धाको महिलामा खुशी विक प्रथम, एन्जल क्षेत्री द्वितीय तथा सिम्रन थापा तृतीय भए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । कार्यक्रममा माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष गोविन्द भट्टराई लगायतको विभिन्न खेलकुद संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

विजेतालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा सिनियरतर्फ पुरुष/महिलामा ९/९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरको पुरुषमा ९ र महिला ३ खेलाडी फाइनलका लागि छनोट भएका थिए ।

सोमबार छनोट चरणका खेल भएको थियो । खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गरेका थिए । फाइनलका लागि भारत र मालदिभ्सबाट दुई निर्णायक पोखरा आएको अध्यक्ष खनालले जानकारी दिए ।

कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता हुन सकेको थिएन । पोखरामा तेश्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?