+
+

एन्फा अध्यक्ष नेम्वाङको शपथ आज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ९:४४

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् ।

शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

यसैगरी दुई जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ । १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना केन्द्रीय सदस्य बन्नेछन् । आगामी साधारणसभाबाट दुई जना केन्द्रीय सदस्य चुन्ने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?