+
+

मूल्यवृद्धिको विरोधमा त्रिविमा अनेरास्ववियुको मौन प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:४१

८ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ ।

बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् ।

मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध मौन आन्दोलन गरेको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले बताए । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर विरोध गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?