+
+

रणवीर स्टारर ‘शमशेरा’को टिजर : दास हुँदै नेता बनेको योद्धाको संघर्ष कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:५८

काठमाडौं । रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर स्टारर ‘शमशेरा’ प्रदर्शन हुन एक महिना पनि बाँकी छैन । तीनैजना कलाकार प्रचारप्रसारमा जुट्दा निर्माण कम्पनी यशराज फिल्म्सले मंगलबार टिजर सार्वजनिक गरेको छ ।

टिजरमा हामीले रणवीर र सञ्जयको संक्षिप्त स्वरुप देख्न सक्छौं । आगामी जुलाई २२ मा रिलिज हुने फिल्मको टिजर सार्वजनिक गर्दै यशराज ब्यानरले ‘महान् मान्छेले पदचाप छाडेर जान्छ’ भनेर उल्लेख गरेको छ ।

करण मलहोत्रा निर्देशित फिल्मको टिजरमा रणवीर र सञ्जयको एक्सन दृश्य समावेश छ । तीनैजना कलाकारले भारतका विभिन्न सहरमा पुगेर फिल्मको प्रचारप्रसार गर्ने जनाइएको छ ।

भारतीय न्युज एजेन्सी आईएनएससँग कुरा गर्दै रणवीरले भनेका छन्, ‘शमशेराको पब्लिसिटी सुरु गर्न पाउँदा म खुसी छु । हामी फिल्ममार्फत धेरैभन्दा धेरै दर्शकसामु पुग्न चाहन्छौं । प्रचार गर्ने कुरामा हामी कुनै कसर बाँकी राख्दैनौं । म दर्शकको प्रतिक्रिया बुझ्न पनि व्यग्र छु ।’

शमशेरा काजा नामक एक काल्पनिक सहरको कथा हो । जहाँको क्रुर शासक सुद सिंहले त्यहाँको जनजाति वीर योद्धालाई थुनामा राखेर यातना दिन्छ । यो कुनै दासको कथा हो, जुन दास हुँदै आफ्नो जातीय समुदायको नेता समेत बन्न पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?