+
+

भारतीय फिल्म कम्पनीसँग विनय श्रेष्ठको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १४:१०

काठमाडौं । ‘रेशम फिलिली’ फेम्ड अभिनेता विनय श्रेष्ठले भारतमा नेपाली फिल्मको वितरणदेखि निर्माणमा संयुक्त लगानी थालेका छन् ।

उनको कम्पनी भी मोसन पिक्चर्सले भारतस्थित नेपालीभाषी बहुल क्षेत्रमा नेपाली फिल्म वितरण थाल्ने भएको छ । जसअनुसार भारतीय कम्पनी द आर्ट ब्यारिअर्ससँग सम्झौता भएको छ ।

सहमतिअनुसार सौगात मल्ल स्टारर फिल्म मन्त्रलाई भारतमा प्रदर्शन गरिने भएको छ भने भारतमा निर्माण भएको फिल्म ‘ज्यूँदो’लाई दशैंपछि नेपालमा रिलिज गर्ने तयारी छ । अहिले भारतको सेन्सर बोर्डबाट मन्त्रलाई जाँचपास गर्ने तयारी सुरु भएको र त्यसपछि रिलिज मिति तय गर्ने विनयले जानकारी दिए ।

‘भारतस्थित नेपालीभाषी बस्ने ठाउँ नेपाली फिल्मको ठूलो बजार हो । म कालिम्पोङ बस्दादेखि नै त्यो परिस्थिति देखेको छु,’ विनय भन्छन्, ‘उनीहरु युट्युक रिलिज कुरेर बस्छन् । हामीले सेम–डेट रिलिज गर्न सकियो भने हामीलाई फाइदा हुन्छ,’ उनले भने ।

अहिले भी मोसन पिक्चर्सले पानीफोटो, प्रकाश, दुई नम्बरीलगायतका फिल्मको प्रदर्शन अधिकार लिन पहल गरिरहेको छ ।

यसैबीच, भारतीय कम्पनी वन्स अपन अ मुम्बईसँग पनि नयाँ फिल्म निर्माणबारे विनयको कम्पनी भी मोसन पिक्चर्सले सहमति गरेको छ । उक्त भारतीय कम्पनी शाहरुख खानको रेड चिल्लिजमा कार्यकारी निर्मात्री भएर कम गरेकी सलोनी पोदारको हो ।

भी मोसनसँग सलोनीको कम्पनीले नयाँ प्रोजेक्टमा काम गर्न लागेको हो । नेपाली र हिन्दी भाषामा बन्ने फिल्म मनोरञ्जनात्मक विषयवस्तुमा निर्माण हुन लागेको श्रेष्ठले बताए दिए । विनय अहिले भदौ १ गते छायांकन सुरु हुने नेपाली फिल्म ग्रहणको तयारीमा छन् । त्यसपछि उनको नयाँ फिल्मको निर्माण सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?